लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, आचरण लोकतान्त्रिक हुनुपर्छ : अध्यक्ष ओली शुक्रबार, असार २९, २०८०

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न शनिबारे मेला शुक्रबार, असार २९, २०८० उद्योग संघले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो ।

आठराई त्रिवेणी गाउँपालिकामा सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज शुक्रबार, असार २९, २०८० गाउँपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिइन् ।

जनमत पार्टीको केन्द्रीय समिति विस्तार शुक्रबार, असार २९, २०८० डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित शुक्रबार, असार २९, २०८० नेपालले पाकिस्तानलाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा १८१ रन बनायो ।

लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग शुक्रबार, असार २९, २०८० महामारीका रूपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन् ।

लम्पी स्किन संक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन शुक्रबार, असार २९, २०८० ‘लम्पी स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु,’ उनले भने ।

सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव : राष्ट्रसंघ शुक्रबार, असार २९, २०८० संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ । तर, विश्व नेताहरूले अवसरको सदुपयोग गरे मात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह शुक्रबार, असार २९, २०८० नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहज रूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् । व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहज रूपले उपलब्ध गराउन उनीहरूले आग्रह गरेका हुन् ।

मेचीनगरका १५९ जनाले पाए उपचार सुविधा शुक्रबार, असार २९, २०८० मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् । नगरपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरूले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।

नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली शुक्रबार, असार २९, २०८० ‘अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो ।’

ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव शुक्रबार, असार २९, २०८० पाँचथरको हेंवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ ।

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा शुक्रबार, असार २९, २०८० अब त्यस क्षेत्रमा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । त्यहाँ उत्पादित विद्युत् स्थानीय रूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर र पश्चिम क्षेत्रमा भोल्टेजमा सुधार हुने भएको छ ।









