News Griha :: न्यूजगृह
लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसंघको चेतावनी
लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसंघको चेतावनी लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल)ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
एसीसी इमर्जिङ कप : नेपालले पाकिस्तान 'ए'लाई दियो १८० रनको लक्ष्य
एसीसी इमर्जिङ कप : नेपालले पाकिस्तान 'ए'लाई दियो १८० रनको लक्ष्य नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिए । उनी १०१औँ बलमा क्याच आउट भए । 
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको बताए । 
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशियासम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । उनले आजै अपराह्न ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्ने कार्यक्रम छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए । 
कोशी ब्यारेजमा ट्रक खस्यो
कोशी ब्यारेजमा ट्रक खस्यो नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ ।
अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ : अर्थमन्त्री महत
अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ : अर्थमन्त्री महत उनले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे । 
सुर्तीजन्य पदार्थबाट प्राप्त करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल 
सुर्तीजन्य पदार्थबाट प्राप्त करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल  दाहालले भने, ‘सुर्तीजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्यो चाहिँ थोरै मात्रामा मात्रै अस्पतालहरूमा दिइने हामीले यहाँ विनियोजनमा देख्यौँ । त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ ।’
निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा
निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् । उनीहरूले निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।
सहस्राब्दी पदमार्गलाई चरा पर्यटनको गन्तव्य बनाइने
सहस्राब्दी पदमार्गलाई चरा पर्यटनको गन्तव्य बनाइने पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उनले जानकारी दिए ।
विपतपुरका आगलागी पीडितलाई पक्की घर
विपतपुरका आगलागी पीडितलाई पक्की घर कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागी पीडितले नयाँ पक्की घर पाएका छन् । आगलागी पीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।
पहिरोले बुर्तिबाङ–पूर्वी रुकुम सडकखण्ड अवरुद्ध
पहिरोले बुर्तिबाङ–पूर्वी रुकुम सडकखण्ड अवरुद्ध अविरल वर्षाका कारण पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदो सहितको पहिरोले सडक अवरुद्ध भएको हो ।
Weather Update