News Griha :: न्यूजगृह
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा

काठमाडौं— अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । 

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशियासम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । उनले आजै अपराह्न ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्ने कार्यक्रम छ । 

त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:४४
Weather Update