News Griha :: न्यूजगृह
सुर्तीजन्य पदार्थबाट प्राप्त करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल 

काठमाडौं— राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै राष्ट्रिय सभा सदस्य दाहालले भने, ‘सुर्तीजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्यो चाहिँ थोरै मात्रामा मात्रै अस्पतालहरूमा दिइने हामीले यहाँ विनियोजनमा देख्यौँ । त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ ।’
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:०६
Weather Update