एसीसी इमर्जिङ कप : नेपालले पाकिस्तान 'ए'लाई दियो १८० रनको लक्ष्य

काठमाडौं— एसीसी इमर्जिङ टिम्स कपमा नेपालले पाकिस्तान 'ए'लाई १८० रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाउन सफल भयो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिए । उनी १०१औँ बलमा क्याच आउट भए ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १३:३०