News Griha :: न्यूजगृह
नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित

काठमाडौं— एसीसी इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको छ । 

श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा १८१ रन बनायो । 

नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएकाे थियाे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:३३
Weather Update