News Griha :: न्यूजगृह
लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, आचरण लोकतान्त्रिक हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘अहिले पनि देशमा भोकमरीको स्थिति छ । निरपेक्ष गरिबीको रेखामुनि र बहुआयामिक गरिबीको रेखामुनि एउटा ठूलै हिस्सा समाजको अहिले पनि छँदै छ भने मानव भएर बाँच्न पाउने आधारभूत अधिकार प्राप्ति नै भएको छैन । आधारभूत अधिकार नै प्राप्त भएको छैन भने अरू अधिकार कहाँबाट आउँछ ?’

उनले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताए । 

अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताए । उनले यसका लागि राज्यका सबै तहका नागरिकहरूले झक्झक्याउनुपर्ने बताए । 

‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र । साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन,’ उनले भने, ‘तसर्थ आज पनि मानव अधिकारका निम्ति प्रयास गर्नुपर्ने जरुरी छ । एउटा हामी हरेकले प्रयास गर्नुपर्ने छ र अर्को सरकारलाई भन्नुपर्ने छ । हामी जो जहाँ छाँै, त्यहाँबाट प्रयास गर्नुपर्छ । अर्को सरकारलाई हामीले भन्नुपर्ने, देखाउनुपर्ने, दबाब दिनुपर्ने अवस्था छ, जब निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशतको जनसंख्या छ । निरपेक्ष गरिबीको रेखामुनि ।’ 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:३२
Weather Update