News Griha :: न्यूजगृह
लम्पी स्किन संक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं— सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका छन् । 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पी स्किन रोगको रोकथामका लागि सरकारले गरेको कामको बारेमा संसद्लाई जानकारी गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई निर्देशन दिएका हुन् । 

प्रतिनिधि सभा बैठकमा यस रोगको सम्बन्धमा विगतदेखि नै कुरा उठिरहेकाले यससम्बन्धी स्पष्ट पार्न निर्देश गरे । 

‘लम्पी स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:००
Weather Update