News Griha :: न्यूजगृह
नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले भने, ‘अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो ।’

समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेहरूसँग रमाउन थालेको उल्लेख गरे । 

उनले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने बताए । समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको उनको भनाइ छ । 

अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:४८
Weather Update