चीनका बालबालिकामा श्वासप्रश्वासको समस्या बिहीबार, मंसिर ७, २०८०

पाकिस्तान क्रिकेट टीमले नेदरल्याण्ड्स भ्रमण नगर्ने बिहीबार, मंसिर ७, २०८० विश्वकप पछि पाकिस्तानी टोलीका खेलाडीमा निकै परिवर्तन आएको छ । बाबर आजमले कप्तानी छाडेपछि नयाँ कप्तान नियुक्त भएका छन् । अहिलेलाई पाकिस्तानले टेस्ट र टी २० गरी २ जना कप्तान नियुक्त गरेको छ । अब पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजका लागि तयारी सुरु गरिसकेको छ ।

धनकुटामा एकै परिवारका ३ जना मृत फेला, आत्महत्याको आशंका बिहीबार, मंसिर ७, २०८० धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका— १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भीमा र उनीहरूको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत...

प्रधानमन्त्री फुरुङ्ङ जनता झसङ्ङ ! बिहीबार, मंसिर ७, २०८० राणा प्रधानमन्त्री चन्द्र शमशेरसँग खरिद गरेको यो भवन पञ्चायतकालमा आगलागीमा परेपछि विरूप जस्तै भएको थियो । त्यसबेला सिँगारपटार गरेपछि २०७२ को भूकम्पसम्मका प्रधानमन्त्रीहरू यहीँ बसेर काम गर्थे । जहाँनियाँ शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका शासन पद्धतिको साक्षी बनेको सिंहदरबारले अरु के के को साक्षी बन्दै जानुपर्ने हो त्यो भविष्यकै गर्भमा छ...

ट्राफिक प्रहरीको अनुरोध : अत्यावश्यक काम भए मात्र सवारीसाधन लिएर निस्कनु बिहीबार, मंसिर ७, २०८० काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयको भनाई छ ।

युवा संघ र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानको प्रदर्शन आज बिहीबार, मंसिर ७, २०८० काठमाडौंमा बिहीबार दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

सिराहामा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु बिहीबार, मंसिर ७, २०८० सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् ।

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प बिहीबार, मंसिर ७, २०८० आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पपछि त्रिपालमुनि बस्दै आएकी महिलाको मृत्यु, चिसोले जाजरकोटमा मृत्यु हुनेको संख्या १३ पुग्यो बुधबार, मंसिर ६, २०८० वडाध्यक्ष बद्री पन्तका अनुसार मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका-८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् ।खत्री दम्पती घर भत्किएपछि कात्तिक २५ गते नै पिपलचौर आएका थिए ।
![प्रदर्शनीमार्गमा युवा संघको राँके जुलुस [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/rake-julus-masal-julus-8-1700659015.jpg)
प्रदर्शनीमार्गमा युवा संघको राँके जुलुस [तस्बिरहरू] बुधबार, मंसिर ६, २०८०

नाबालिकालाई जबर्जस्ती करणी गर्ने ४० वर्षीय पुरुष पक्राउ बुधबार, मंसिर ६, २०८० हरीले मंगलबार बेलुकी गेरुवा गाउँपालिका ६ का प्रकाश खवासलाई पक्राउ गरेको हो । गत कात्तिक २८ गते प्रकाशले नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

एपीवन टेलिभिजनले रोक्यो दुर्गा प्रसाईँको अन्तर्वार्ता बुधबार, मंसिर ६, २०८० भुषण दाहालले एपीवन एचडी टेलिभिजनमार्फत 'ब्राबो डेल्टा सो' नामक टेलिभिजन अन्तर्वार्ता सञ्चालन गर्दै आएका थिए । कार्यक्रमको पछिल्लो शृङ्खलालाई व्यवस्थापनले प्रसारणमा रोक लगाएको हो ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघ कार्यकर्ताले गरेको आक्रमण सम्बन्धी मुद्दा अन्तिम बहसमा बुधबार, मंसिर ६, २०८० न्यायाधीश विनोद खतिवडाको इजलासमा बुधबारदेखि सुरु भएको अन्तिम बहस बिहीबार पनि निरन्तर हुने जिल्ला अदालतले जनाएको छ । आज बहस नसकिएपछि इजलासले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । हेर्दाहेर्दैमा राख्नु भनेको यही इजलासले अर्को दिन पनि सुनुवाइ गर्नु हो ।









