
काठमाडौं— सन् २०२३ को विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीको प्रदर्शन खराब रह्यो । पाकिस्तानले विश्वकपमा ९ खेल खेल्दा ४ मामात्र जित निकालेपछि नकआउट चरणमा स्थान बनाउन असफल रह्यो ।
विश्वकप पछि पाकिस्तानी टोलीका खेलाडीमा निकै परिवर्तन आएको छ । बाबर आजमले कप्तानी छाडेपछि नयाँ कप्तान नियुक्त भएका छन् । अहिलेलाई पाकिस्तानले टेस्ट र टी २० गरी २ जना कप्तान नियुक्त गरेको छ । अब पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजका लागि तयारी सुरु गरिसकेको छ ।
अष्ट्रेलियामा हुने टेस्ट सिरिजको तयारीमा रहेको पाकिस्तानी क्रिकेट टीमले सन् २०२४ मा, नेदरल्याण्ड्सविरुद्ध टी–२० सिरिजका लागि भ्रमण गर्ने तालिका तय गरिएको थियो । तर, पाकिस्तान क्रिकेट बोर्डले अहिलेलाई नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिज स्थगित गरेको बताइए पनि यसबारे आधिकारिक रुपमा कुनै पुष्टि भने गरेको छैन ।
पाकिस्तानी टोलीले अर्को वर्ष मे महिनामा नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजका लागि भ्रमण गर्ने थियो । हाल पाकिस्तान क्रिकेट बोर्डलेसमय अभावका कारणले भ्रमण स्थगित गरेको जनाएको छ ।
नेदरल्याण्ड्स क्रिकेट टीमले भारतमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई अब्बल सावित गरेको छ ।