६० वर्ष अंगालेको पेशा संकटमा, कठिन बन्दै पदमलालको दैनिकी शनिबार, भदौ ९, २०८०

पाँच दिनपछि खुल्यो पहिरोले अवरूद्ध बेनी—जोमसोम सडक बुधबार, भदौ ६, २०८० मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ।

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट, नेपालबारे के भयो कुराकानी ? बुधबार, भदौ ६, २०८० अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् ।

१९२ जनाले पाए राप्ती र नारायणीमा माछा मार्ने अनुमति मंगलबार, भदौ ५, २०८० उनका अनुसार निकुञ्जले जगतपुर क्षेत्रका पाँच युवालाई अटोरिक्सा, नदीमा आश्रित तर आफ्नो जग्गा भएकाहरूलाई माछापालनमा सहयोग र सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

प्याजमा कालो बजारी : ५ व्यापारीलाई कारबाही, ४ को अनुसन्धान चल्दै सोमबार, भदौ ४, २०८० भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्य वृद्धि भएको देखिएको छ ।

एसईईमा ‘ए’ ग्रेड ल्याएर पढ्न नपाएका मिलन: ६ किलो सूर्यमुखीको दानाबाट व्यवसायी बन्दै सोमबार, भदौ ४, २०८० खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट १६ वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाले थप अध्ययन गर्ने मनस्थिति बनाएनन् ।गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेकाले मिलनले विदेश जाने सोच बनाए । मलेसिया जान आवश्यक कागजात बोकेर काठमाडौं पुगे, उनी । मेनपावर कम्पनीमा राहदानी बुझाए ।

मासिक एक लाख पेन्सन आउँछ, पैसाले पुग्यो भनेर फर्किएर... शनिबार, भदौ २, २०८० काठेखोला गाउँपालिका-५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिए सुशील सुनार । उमेरले छ दशक नजिक छन्, उनी । कुराकानीमा सुशील खोतेले पुराना किस्साहरू र अभावले झेलिएका बालापन ।

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु शनिबार, भदौ २, २०८० गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकामा एक दिन केराका परिकार अनिवार्य शनिबार, भदौ २, २०८० कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

गण्डकीमा ८० हजार पशुमा लम्पी स्किन, साढे चार हजार पशु मरे बिहीबार, साउन ३२, २०८० प्रदेश सभामा पहिलो पटक सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै प्रदेश सभा सदस्य कार्कीले लम्पी स्किन रोगको कारण कृषकको जीवन स्तर कष्टकर बनेको बताए । उनले उचित राहत उपलब्ध गराएर प्रदेश सरकारप्रति जनताको आशा जगाउनु पर्नेमा जोड दिए ।

विभागले दियो खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमति बिहीबार, साउन ३२, २०८० खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु बिहीबार, साउन ३२, २०८० शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

कांग्रेस नेता निधिले भने— आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ बुधबार, साउन ३१, २०८० नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले २०८४ सालको आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् ।