News Griha :: न्यूजगृह
दोलखाका तत्कालीन सीडीओ भ्रष्टाचारमा दोषी ठहर
दोलखाका तत्कालीन सीडीओ भ्रष्टाचारमा दोषी ठहर विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ । यो खण्डमा ५०५ घरटहरा भत्काउनु पर्नेमा अहिलेसम्म ३५० घरटहरा भत्काइएको छ । घरटहरा भत्काउँदा २६ करोड रुपैयाँ मुआब्जा निर्धारण भएकामा हालसम्म १७ करोड...
अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो
अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, ‘गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।’ उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा...
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार २०७८ फागुन १ देखि लागू हुनेगरि प्रदेश सरकारले भाडादर समायोजन गरे पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत गराएको हो ।
पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती
पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती काठमाडौंमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । सरकारले पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ...
बलेवामा ऐतिहासिक ‘हरेलो मेला’ : कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास
बलेवामा ऐतिहासिक ‘हरेलो मेला’ : कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास यो पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। 
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घर मै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।
पाँच दिनका लागि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्णरुपमा बन्द
पाँच दिनका लागि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्णरुपमा बन्द म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।
कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु
कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
कर्मचारी समायोजन गर्न मन्त्रालय सहमत
कर्मचारी समायोजन गर्न मन्त्रालय सहमत ४ वर्षदेखि संघ सरकारको पुल दरबन्दीमा रहेर विभिन्न प्रदेशमा फाजिल कर्मचारीका रूपमा काम गर्दै आएका फरेस्टरको समायोजन गर्न वन तथा वातावरण मन्त्रालय सहमत भएको छ ।
भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार समिति गठन
भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार समिति गठन समितिको आजको वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।
खेतीकाे काम सकियो, दसैँ-तिहारको खर्च जोहो गर्न भारत जान चटारो
खेतीकाे काम सकियो, दसैँ-तिहारको खर्च जोहो गर्न भारत जान चटारो ‘पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ, त्यतिबेला यही नाकामा म मनै मन रोएँ, साह्रै नमज्जा लागेको थियो,’
Weather Update