कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु
चन्द्रौटा— कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटकी छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्यु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाँट घाइते भएको परिवारले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० २२:१९