परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता सोमबार, असोज १, २०८० संयुक्त राष्ट्रसंघको महासभामा भाग न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता भएको छ ।
विकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल सोमबार, असोज १, २०८० जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताएका हुन् । साउदले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको...
भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छः महामन्त्री शर्मा शनिबार, भदौ ३०, २०८० नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् । झापामा भएको एक कार्यक्रममा उन सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए ।
नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल शनिबार, भदौ ३०, २०८० नेकपा एमाले महासचिव शङ्कर पोखरेलले सुवास नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् ।ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको शोक सभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए ।
महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए शनिबार, भदौ ३०, २०८० दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ । अस्पतालमा स्वास्थ्य सेवा लिन आउनेमा मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको सङ्ख्या अधिक रहेको छ ।
डाक्टर कुट्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप शुक्रबार, भदौ २९, २०८० हेटौँडा रहेको सन्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।
फुटबलप्रेमी थिए सुवास नेम्वाङ बुधबार, भदौ २७, २०८० माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले। पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्थे। पार्टी र राजकीय कामको चटारोमा पनि उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्थे।
स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ बुधबार, भदौ २७, २०८० भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेका भारत बहराइचका ३० वर्षीय इस्तियाक अहमदलाई मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरीके सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ।
माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर सोमबार, भदौ २५, २०८० ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सो केन्द्रमा मात्र माछाको ह्याचरी छ । 'प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेन,...
संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : रास्वपा सांसद साह सोमबार, भदौ २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद भएका असिम साहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन । उनकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम...
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ८ सय नाघ्यो शनिबार, भदौ २३, २०८० मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८ सय २० जनाको मृत्यु भएको छ भने ६ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये २ सय पाँच जनाको अवस्था गम्भीर छ ।
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो शनिबार, भदौ २३, २०८० मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी ६ सय ३२ जनाको मृत्यु भएको छ । तीन सय २९ जना घाइते छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे,...