प्रधानमन्त्री दाहाललाई चीनमा गार्ड अफ अनर [तस्बिरहरू] सोमबार, असोज ८, २०८०

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु सोमबार, असोज ८, २०८० चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । चीनको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो ।

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड आइतबार, असोज ७, २०८० चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास आफूले लिएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, 'यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट...

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी सांसद भोजनी शनिबार, असोज ६, २०८० अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धनमा चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे ।

नेपालद्वारा बीबीएनजे सम्झौतामा हस्ताक्षर बिहीबार, असोज ४, २०८० नेपालले बायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद बिहीबार, असोज ४, २०८० परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राखेका हुन् । १८ देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको ‘एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो ।

न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता बिहीबार, असोज ४, २०८० संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।

देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री बुधबार, असोज ३, २०८० कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे बुधबार, असोज ३, २०८० संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन्।

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश बुधबार, असोज ३, २०८० प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् ।

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट बुधबार, असोज ३, २०८० न्यूयोर्क संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट बुधबार, असोज ३, २०८० संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छ ।

कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ राजदूतको भेटवार्ता मंगलबार, असोज २, २०८० मंगलबार रक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँ पुरानो द्विपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।