सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल शुक्रबार, असोज १९, २०८०
हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम शुक्रबार, असोज १९, २०८० कोदोको पौष्टिक पक्ष तथा त्यसबाट बनेका परिकारबाट मानव शरीरलाई हुने लाभबारे जानकारी दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माले कर्णाली प्रदेशका ११ वटै जिल्लामा कोदोखेती गर्न किसानहरूलाई आग्रह गरे ।
मिथिलामा आज जितीया व्रत शुक्रबार, असोज १९, २०८० असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् । बितेको मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।
बझाङमा फेरि भूकम्प, केन्द्रबिन्दु चैनपुर शुक्रबार, असोज १९, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०:५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४ दशमलव ३ तथा गए राति १२:२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु...
डोल्पामा नुन अभाव शुक्रबार, असोज १९, २०८० सदरमुकामस्थित डिपोमा चार सय ९० क्विन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकाश धामीले बताए । उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो । जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले पाँच पोका दिने गरेको प्रमुख धामीले बताए ।
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै बिहीबार, असोज १८, २०८० सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।
बझाङ भूकम्प : एक जनाको मृत्यु, १३५ घर भत्किए [अपडेट] बुधबार, असोज १७, २०८० जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।
मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै मंगलबार, असोज १६, २०८० केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।मानव बेचबिखनविरुद्ध नेपालगञ्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, ‘कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो...
शिव शिखर सहकारीले बचतकर्ताको चार करोड ६१ लाख रुपैयाँ फिर्ता गरेन मंगलबार, असोज १६, २०८० म्याग्दीस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय शेयर सदस्यले बचत गरेको चार करोड ६१ लाख रुपैयाँ रकम फिर्ता नगरेको पाइएको छ । ती शेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो। बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी...
सडकमा रोपिएको बिरुवा उखाल्ने महिला पक्राउ मंगलबार, असोज १६, २०८० सीसीटीभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए । उनले घर अगाडि रूख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार सडकमा बिरुवा रोपिएको थियो ।
गोविन्द लिम्बूको हत्या घटनामा संलग्न ११ जना सार्वजनिक मंगलबार, असोज १६, २०८० दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपितसहित ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राईमा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपित दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको...
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी, विद्यालय मर्जको तयारी सोमबार, असोज १५, २०८० काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको संख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ ।
पुल बनेपछि पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो सोमबार, असोज १५, २०८० खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौँदेखि कठिनाइ भोग्दै आएका स्थानीयलाई अहिले सजिलो भएको छ ।