News Griha :: न्यूजगृह
मुस्लिम समुदायका अगुवाले यसरी मनाए दसैँ
मुस्लिम समुदायका अगुवाले यसरी मनाए दसैँ नेपालगञ्जमा दसैँको दिन मुस्लिम समुदायका अगुवाहरूले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाएका छन्। मंगलबार विजय दशमीका अवसरमा मुस्लिम अगुवाहरूले दसैँको टीका र जमरा लगाएर धार्मिक सदभाव लाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाएका हुन्। 
प्रहरी जवानद्वारा गोली हानी आत्महत्या
प्रहरी जवानद्वारा गोली हानी आत्महत्या मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जसले आठौँ पटक ताकमकोतको 'छेलो' फाल्ने प्रतियोगिता जिते
जसले आठौँ पटक ताकमकोतको 'छेलो' फाल्ने प्रतियोगिता जिते ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृष्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ । 
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते इन्द्रसरोबार गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा मंगलबार बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र-०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔं : प्रधानमन्त्री
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔं : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन् ।
सहारा बनेको छोरो बाकसमा फर्किदा...
सहारा बनेको छोरो बाकसमा फर्किदा... मुलुकभर दसैंको रौनक बढिरहेका बेला सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका- १५ निम्बुखेडामा सन्नाटा छायो ।टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका...
हरायो दसैँमा चङ्गा उडाउने संस्कृति
हरायो दसैँमा चङ्गा उडाउने संस्कृति दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।
धानबाली भित्र्याउन ठिक्क परेका किसान बेमौसमी वर्षाले चिन्तित
धानबाली भित्र्याउन ठिक्क परेका किसान बेमौसमी वर्षाले चिन्तित कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन् । धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो । सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाकेर भित्र्याउ जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तामा छन् ।
चन्दा संकलन गरेर गेग्रान हटाउँदै मुस्ताङवासी, कागबेनीलाई पुरानै लयमा फर्काइँदै
चन्दा संकलन गरेर गेग्रान हटाउँदै मुस्ताङवासी, कागबेनीलाई पुरानै लयमा फर्काइँदै दुुई महिनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी...
बाँकेमा स्कुलबस पल्टिँदा एकको मृत्यु
बाँकेमा स्कुलबस पल्टिँदा एकको मृत्यु स्थानीय दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका– ६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्लले बताए ।
इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ : मन्त्री साउद [कुराकानी]
इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ : मन्त्री साउद [कुराकानी] नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरी बिहीबार स्वदेश फर्कायाे । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद एनपी नेपालीलाई उद्धार गर्न नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत इजरायल गएका थिए । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने...
Weather Update