मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार बुधबार, कात्तिक २९, २०८०

जनकपुरधाममा छठको तयारी बुधबार, कात्तिक २९, २०८० दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको छ ।

भूकम्पपीडितको आँगनमा आएन तिहार बुधबार, कात्तिक २९, २०८० सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट– १३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजूकोसमेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै...

एउटै फार्मबाट तीन करोडको केरा बिक्री बुधबार, कात्तिक २९, २०८० विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोड रुपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका– ५ मा २० बिघा र गौरादह– ५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का,...

नेपाल सम्वत् ११४४ र म्हः पूजा आज मनाइँदै मंगलबार, कात्तिक २८, २०८० राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वत्को सुरुआत गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी–भैलो कार्यक्रम नहुने आइतबार, कात्तिक २६, २०८० गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आईएफआरसीद्वारा आपतकालीन अपिल आइतबार, कात्तिक २६, २०८० रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले जाजरकोट भूकम्प पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपतकालीन अपिल जारी गरेको छ ।

तिहारमै बिक्री भएन फूल, किसान निराश आइतबार, कात्तिक २६, २०८० फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूलखेती गरिरहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए ।

विचौलियाले अस्पताललाई बदनाम गरिरहेका छन् : मन्त्री बस्नेत शनिबार, कात्तिक २५, २०८० वीर अस्पताल सरसफाइ अभियानको शनिबार शुभारम्भ गर्दै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बदनाम गर्ने, सञ्चारमाध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै विचौलिया भएको बताए ।

जाजरकोट भूकम्प : करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति शनिबार, कात्तिक २५, २०८० भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख रुपैयाँका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको विवरण निकालेको हो ।

मुटुरोग विशेषज्ञ डा.ओममूर्तिद्वारा विश्व रेकर्ड कायम शुक्रबार, कात्तिक २४, २०८० मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् ।

लाङ्टाङ पदमार्गमा पर्यटकको मृत्यु शुक्रबार, कात्तिक २४, २०८० प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत् लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए।
![ढकमक्क फुलेको सयपत्री [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/sayapatri-2-1699492576.jpg)
ढकमक्क फुलेको सयपत्री [तस्बिरहरू] बिहीबार, कात्तिक २३, २०८०