रसुवा— रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत् लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए।
मोल काठमाडौंको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए । उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको थियो । हवाइमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रेकिङ एजेन्सीले पाको उमेरका पर्यटकलाई सावधानीपूर्वक यात्रा गराउन छुट्टै पथप्रदर्शक वा सहयोगी व्यक्ति व्यवस्था गर्न आवश्यक हुन्छ ।