आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० बढी मुलुकका नेता दुबईमा बिहीबार, मंसिर १४, २०८०
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा बिहीबार, मंसिर १४, २०८० लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए। उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका...
वडाध्यक्ष कै अगुवाइमा बाटो अवरुद्ध बुधबार, मंसिर १३, २०८० मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अगुवाइमा बाटो बन्द गरिएको हो ।
भूकम्पपीडित चिसोमा काँप्दै बुधबार, मंसिर १३, २०८० पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै आएको छ । भूकम्प गएको एक महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिँदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको स्थानीय बताउँछन् ।
यसरी मनाइयो गोरखामा मकै सुकाउने पर्व मंगलबार, मंसिर १२, २०८० परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए।
जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु सोमबार, मंसिर ११, २०८० उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गएराति चिसोबाट मृत्यु भएको जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् ।
‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह सोमबार, मंसिर ११, २०८० बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्ती क्षेत्र सडकको ‘सर्भिस लेन’लाई हरियाली, साना सवारी पार्किङ, साना व्यवसाय, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य सोमबार, मंसिर ११, २०८० इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा आइतबार, मंसिर १०, २०८० आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए ।
धरौटी बुझाउन नसकेपछि दुई प्रहरी कारागार चलान आइतबार, मंसिर १०, २०८० मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू छन् । पक्राउ गरिएको व्यक्ति जिल्लामा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायब गराएको आरोप उनीहरू माथि...
उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ घाइते शनिबार, मंसिर ९, २०८० त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका– ७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते छन् ।
तिहारमा २४ करोड मूल्य बराबर फूलको कारोबार शुक्रबार, मंसिर ८, २०८० अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएको थियो । तर यो वर्ष दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।
आज हरि बोधिनी एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै बिहीबार, मंसिर ७, २०८० आज हरिबोधिनी एकादशी मनाइँदैछ। यसलाई ठूलो एकादशी पनि भनिन्छ। आज तुलसीको विशेष पूजा गरिन्छ।प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल...