गरिबीका कारण फुरदिकुले पाइनन् उपचार, सुँगुरको खोरमा थुनिएकी छन् आइतबार, फागुन १३, २०८०

कर्णालीमा खाद्यान्नको चरम संकट, चामल नहुँदा रित्तिए सरकारी गोदाम सोमबार, फागुन ७, २०८० कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि २ पटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली...

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु आइतबार, फागुन ६, २०८० रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ।

समाजवादी मोर्चाको बैठक आइतबार बस्ने शनिबार, फागुन ५, २०८० समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आइतबार बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बैठक बोलाएको हो।

समलिङ्गी विवाहलाई कानुनी मान्यता मंगलबार, फागुन १, २०८० बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ ।

गण्डकीमा फेरि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ मंगलबार, फागुन १, २०८० अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन। जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित हुन जरुरी छ।

पहिलो पटक गाउँमा बस पुगेपछिको खुसियाली... मंगलबार, फागुन १, २०८० खोटाङको दिक्तेल खाल्लेमा पहिलो पटक बस पुगेको छ। गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयमा उल्लास छाएको छ। ९५ वर्षीय वृद्धाले शुभारम्भ गरेको बस सेवा र स्थानीयमा छाएको खुसी साटासाट गर्दा बेग्लै आनन्द सञ्चार हुन्छ।

२६ वर्षीय युवकले १५ वर्षीया किशोरीलाई भगाएपछि... आइतबार, माघ २१, २०८० नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वत: रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि...

उपचार खर्च तिर्न नसक्दा ६ महिनादेखि अस्पतालमै छन् दुर्गाप्रसाद बुधबार, पुस १८, २०८० भारतको दमदम जेलमा ४० वर्ष बसेपछि निर्दोष साबित भई २०७७ मा नेपाल फर्केका इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना ६ महिनादेखि अस्पतालमै छन् ।०७७ चैतमा नेपाल ल्याइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए ।

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख रुपैयाँ जोगिने सोमबार, पुस १६, २०८० राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राज्यको नजरमा नपरेको भरङ्गे आइतबार, पुस १५, २०८० कति त चुनावका बेला पनि भोट माग्न पनि भरङ्गे पुग्दैनन् । 'चुनावका बेला भोट माग्न उम्मेदवार त के रु नेतासमेत आउँदैन । यो ठाउँमा उम्मेदवारका लागि भोट माग्न हाम्रै दाजुभाइ आउँछन् । यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन्,' स्थानीय वीरबहादुर तामाङले भने, 'एघार घरपरिवार बसोबास गरिएको हाम्रो गाउँ...

नारायणीमा गोही खोज्दा डल्फिन भेटियो बुधबार, पुस ११, २०८० गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोस्टमा डल्फिन देखिएको थियो ।
ढिके नुनबाट टाढिँदै बझाङी शुक्रबार, पुस ६, २०८० साइपाल गाउँपालिका– ४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् ।