News Griha :: न्यूजगृह
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ। सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो। 
म्याग्दीको उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो
म्याग्दीको उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको छ। नेपाल विद्युत प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रशारण लाइन, ३३/११ केभी क्षमताको रातोढुंगा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो। विस २०७६ मा पोल...
विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छः ज्वाला 
विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छः ज्वाला  पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका सार्वजनिक खरिद ऐनजस्ता कानुन अहिलेका सन्दर्भमा पुरानो भइसकेकाले त्यस्ता कानुनका आधारमा सहज रूपमा काम गर्न नकिने अनुभव...
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री प्रचण्ड 
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन्। रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले आज आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान...
एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी
एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोड रुपैयाँको पुँजी संकलन भएको छ। बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल  आठ करोड जम्मा भएको हो। 
वर्षान्त २०८०: पर्यटन प्रवर्द्धनमा के–के भयो उपलब्धि ?  
वर्षान्त २०८०: पर्यटन प्रवर्द्धनमा के–के भयो उपलब्धि ?   कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो। आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखिएको तथ्यांक छ। त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पनि बढ्यो। कोरोना महामारीका कारण घरभित्र सीमित व्यक्तिहरु गत...
काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, खोजीकार्य जारी 
काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, खोजीकार्य जारी  भारत प्रशासित काश्मिरकाे झेलम नदीमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका छन्। मंगलबार भएको डुङ्गा दुर्घटनामा बेपत्ता १५ जनाको खोजीका लागि उद्दारकर्मीहरु खटाइएकाे अधिकारीहरुले बताएका छन्। 
इलाम–२ मा दुई तेस्रो लिङ्गीसहित ५ सय ४७ मतदाता थपिए
इलाम–२ मा दुई तेस्रो लिङ्गीसहित ५ सय ४७ मतदाता थपिए आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।
नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ  सदस्य 
नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ  सदस्य  संगठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। 
जसपाको महाधिवेशन जेठ २७ गतेबाट जनकपुरमा 
जसपाको महाधिवेशन जेठ २७ गतेबाट जनकपुरमा  जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ।
मध्यपुरथिमिबासीले सिन्दुर खेलेर मनाए सुथसिया जात्रा
मध्यपुरथिमिबासीले सिन्दुर खेलेर मनाए सुथसिया जात्रा मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन्।बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन्। 
९ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद
९ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद  पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय रुपैयाँ बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो। 
Weather Update