जुफाल विमानस्थलको मर्मत सकिएपछि आजबाट उडान सुरु आइतबार, वैशाख ९, २०८१

कतारका अमिर औपचारिक भ्रमणमा मंगलबार नेपाल आउँदै आइतबार, वैशाख ९, २०८१ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मंगलबार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन्। अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए।

काठमाडौं–तराई–मधेस द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत शुक्रबार, वैशाख ७, २०८१ रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौं–तराई–मधेस द्रूतमार्ग सहित चारवटै उत्तर–दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताएका छन्।

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु शुक्रबार, वैशाख ७, २०८१ स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ।

रुसले लगायो २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक शुक्रबार, वैशाख ७, २०८१ अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ। युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नका लागि सक्रिय रूपमा आफ्नो मुलुकमा रुसविरोधी एजेन्डालाई बढावा दिइरहेका ती अस्ट्रेलियालीहरू नागरिक परिषद्का सदस्य भएको मस्कोले बताएको छ।

प्रधानमन्त्रीसँग माडीबासीको गुनासोः तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो शुक्रबार, वैशाख ७, २०८१ चितवनको माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन्। सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरबासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन्।
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा शुक्रबार, वैशाख ७, २०८१ ञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएकी छिन्।

दाङमा आगलागीबाट एक वृद्धको मृत्यु शुक्रबार, वैशाख ७, २०८१ दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ।

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः उद्योगमन्त्री भण्डारी शुक्रबार, वैशाख ७, २०८१ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्।

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह शुक्रबार, वैशाख ७, २०८१ विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको छ।पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैंकले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउन आवश्यक सल्लाह दिएको एआरवाई न्यूजको रिपोर्टले जनाएको छ।

झलनाथको दाबी– वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन शुक्रबार, वैशाख ७, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने दाबी गरेका छन्।

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै शुक्रबार, वैशाख ७, २०८१ नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ।

चीनबाट आयात भएको रासायनिक मल काठमाडौं ढुवानी शुक्रबार, वैशाख ७, २०८१ चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ ।