News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
जुफाल विमानस्थलको मर्मत सकिएपछि आजबाट उडान सुरु

डोल्पा— धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ। 

आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो।

Prabhu Bank

मूल्य अभिवृद्धि करसहित ६ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए। धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो। 

धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए। यो डोल्पाको एकमात्र विमानस्थल हो।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:००
Weather Update