News Griha :: न्यूजगृह
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। 
बन्चरो प्रहार गरी रेखादेवीको हत्या, श्रीमान र जेठाजु पक्राउ
बन्चरो प्रहार गरी रेखादेवीको हत्या, श्रीमान र जेठाजु पक्राउ धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र देवर पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो। 
ओली बिरामी 
ओली बिरामी  नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। 
एमाले बैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड
एमाले बैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ।
भरतपुर महानगरपालिकाले हटायो विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड  
भरतपुर महानगरपालिकाले हटायो विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड   भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ। शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिक स्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो। 
जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता
जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता जापानमा दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्। जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडीएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए। 
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्। जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन्। ‘खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट...
एकैदिन रुपन्देहीका ९ गाउँमा आगलागी
एकैदिन रुपन्देहीका ९ गाउँमा आगलागी पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ।
कतारका अमिर औपचारिक भ्रमणमा मंगलबार नेपाल आउँदै
कतारका अमिर औपचारिक भ्रमणमा मंगलबार नेपाल आउँदै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मंगलबार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन्। अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए।
Weather Update