ओली बिरामी
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्।
अस्वस्थताका कारण उनी अहिले घरमै आराम गरिरहनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन्।
अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १६:५१













