News Griha :: न्यूजगृह
उद्योगमन्त्री भण्डारीको दाबी– अर्थतन्त्रमा सुधार आउन थालेको छ
उद्योगमन्त्री भण्डारीको दाबी– अर्थतन्त्रमा सुधार आउन थालेको छ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन्। 
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले  वृद्धि
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले  वृद्धि पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारीदर गत मार्च महिनामा  बढेर  ३.८ प्रतिशत पुगेको  आधिकारिक तथ्यांकले देखाएको छ।अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने  बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको...
सल्यान बस दुर्घटना: गम्भीर घाइते एकको मृत्यु
सल्यान बस दुर्घटना: गम्भीर घाइते एकको मृत्यु सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ।
जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छः अर्थमन्त्री पुन 
जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छः अर्थमन्त्री पुन  अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताए। 
गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै
गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ। परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन्।
भारतीय लोकसभा चुनावका कारण सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द
भारतीय लोकसभा चुनावका कारण सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन्। बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन्।
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ।
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले छेडे १५औँ पटक जिब्रो 
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले छेडे १५औँ पटक जिब्रो  रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्। भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडाएका छन्। उनले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाए। उनी जस्तै अन्य भक्तजनले पनि आज यहाँ...
पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु
पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ। योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ।
गाजाको शरणार्थी शिविरमा आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु
गाजाको शरणार्थी शिविरमा आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु  मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।
रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढ्यो
रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढ्यो नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ। 
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ। सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो। 
Weather Update