News Griha :: न्यूजगृह
गोरखामा भीर खोपेर झोलुङ्गे पुल बनाइँदै
गोरखामा भीर खोपेर झोलुङ्गे पुल बनाइँदै उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन। गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ।
६३५ मेगावाटको दूधकोशी आयोजना निर्माणको तयारी, २० हजार रोपनी जग्गा डुबानमा पर्ने 
६३५ मेगावाटको दूधकोशी आयोजना निर्माणको तयारी, २० हजार रोपनी जग्गा डुबानमा पर्ने  खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ। अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी  तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका  निर्देशक फारिस हदाद...
डोल्पा डढेलोमा घाइते बालकको मृत्यु
डोल्पा डढेलोमा घाइते बालकको मृत्यु त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन बालकमध्ये एकजनाको मृत्यु भएको छ।जिल्ला अस्पतालमा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा लैजान अवरोध
काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा लैजान अवरोध काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा लैजान अवरोध विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द
त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुँडिएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए।
एसईईमा पाँच लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र
एसईईमा पाँच लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।बोर्डका अध्यक्ष महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला...
उमेरले छेकेन सीताको पढ्ने रहर
उमेरले छेकेन सीताको पढ्ने रहर घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। पाँच कक्षामा पढ्दापढ्दै उनको बिहे भयो। बिहेपछि पढ्ने रहर पनि अधुरै रह्यो। त्यही अधुरो रहर पुरा गर्न उनी घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा भर्ना भइन्। उनी अहिले कक्षा ७ मा अध्ययनरत छिन्।
काठमाडौंमा मध्याह्नपछि पानी पर्ने
काठमाडौंमा मध्याह्नपछि पानी पर्ने पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार आसपासको न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ।  
काठमाडौं उपत्यकासहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा
काठमाडौं उपत्यकासहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा देशका धेरै भूभागमा आज वर्षा भएको छ। बागमती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४.६...
कसरामा हुर्काइएका २५ वटा घडियाल गोहीलाई शुक्लाफाँटाको चौधर नदीमा छोडिने
कसरामा हुर्काइएका २५ वटा घडियाल गोहीलाई शुक्लाफाँटाको चौधर नदीमा छोडिने चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ। शनिबार बिहान नदीमा घडियाल गोही छोडिने छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो। चौधर नदीमा लिखितरूपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि...
कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु
कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शनिबार बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो।
माल्दिभ्स नजिकका टापुमा सैन्य शिविर स्थापना गर्दै भारत
माल्दिभ्स नजिकका टापुमा सैन्य शिविर स्थापना गर्दै भारत चीन निकट मानिने माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ। पूर्वपश्चिम अन्तर्राष्ट्रिय जल मार्गमा फैलिएको उक्त द्वीप समूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशंकित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’लाई विस्तार...
Weather Update