उत्तर कोरियाका नेता किमले गरे मल्टिपल रकेट लन्चर परीक्षणको निरीक्षण शुक्रबार, वैशाख १४, २०८१
-1714108876.jpg)
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै शुक्रबार, वैशाख १४, २०८१ निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ। सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो।

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति शुक्रबार, वैशाख १४, २०८१ उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने ५० लाख बराबरको क्षति भएको छ।

टर्कीका लागि नेपाली राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत शुक्रबार, वैशाख १४, २०८१ टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। अङ्कारास्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ। अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत रहेका छन्।

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट बिहीबार, वैशाख १३, २०८१ जिल्लाका विभिन्न वन जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन जङ्गल सखाप पारेको छ। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले दिएको जानकारीअनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन जङ्गल डढेलोले सखाप परेको छ।

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय काठमाडौं महानगरको सम्पर्कमा बिहीबार, वैशाख १३, २०८१ काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ। तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन्।

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानो स्याटेलाइट प्रक्षेपण बिहीबार, वैशाख १३, २०८१ सन २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीय रूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ।
-1714036253.jpg)
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा बिहीबार, वैशाख १३, २०८१ कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ। स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमुना स्याउ बगैँचा हो ।

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग बिहीबार, वैशाख १३, २०८१ कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ। सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ।विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तरक्रियामा विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक गरेको हो।

बझाङमा फेरिएन उम्मेदवारका आश्वासन, मतदातालाई पुरानै ताक्लाकोट सडकको ‘ललिपप’ बिहीबार, वैशाख १३, २०८१ बझाङ प्रदेशसभा १ (१) मा शनिबार हुने निर्वाचनका लागि उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन्। साढे तीन दशकदेखि चर्चामा रहेको चीन जोड्ने सडक सपनाको आयोजना भन्दै उम्मेदवारहरू आफूले जितेमा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन्। गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी...

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो बुधबार, वैशाख १२, २०८१ महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्। गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन्।
-1713956852.jpg)
त्रिपालको ओतमुनि तातोपानी कुण्डः बिरामीलाई सास्ती बुधबार, वैशाख १२, २०८१ म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ। तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरु तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन्।

‘लू’ बाट बच्न के गर्ने? बुधबार, वैशाख १२, २०८१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ।