भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु मंगलबार, वैशाख १८, २०८१

मनाङमा लोपोन्मुख लुलुगाई मारेको आरोपमा तीन जना पक्राउ मंगलबार, वैशाख १८, २०८१ मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

लगानी सम्मेलनः ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत सोमबार, वैशाख १७, २०८१ तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ। उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यवसायीक भवन निर्माणका लागि ३ अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ सोमबार, वैशाख १७, २०८१ जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ। रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो।
-1714381245.jpg)
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक सोमबार, वैशाख १७, २०८१ सन २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनीसेफ) ले जनाएको छ।

महोत्तरीका आगलागी पीडितलाई काठमाडौं महानगरले १० लाख दिने सोमबार, वैशाख १७, २०८१ काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि एलन मस्क बेइजिङबाट प्रस्थान सोमबार, वैशाख १७, २०८१ आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्यांक सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सीर्ईओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गरेका छन्।
-1714370860.jpg)
लगानी सम्मेलनः पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी सोमबार, वैशाख १७, २०८१ काठमाडौंमा आइतबारदेखि जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पीपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ।
-1714368576.jpg)
सडक खनेको चार दशकपछि बेली ब्रिज निर्माण सोमबार, वैशाख १७, २०८१ सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ। उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार सोमबार, वैशाख १७, २०८१ गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ।तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो।
-1714286791.jpg)
इलाम उपनिर्वाचनः फाकफोकथुमका ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो आइतबार, वैशाख १६, २०८१ इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६५८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन्।

मर्मतपछि नेपाल आइपुग्यो निगमको जहाज आइतबार, वैशाख १६, २०८१ नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौं ल्याइएको छ।इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिए।

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले आइतबार, वैशाख १६, २०८१ दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा २५ वटा घर थिए। तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्। आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको...