News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम उपनिर्वाचनः फाकफोकथुमका ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो 

इलाम—  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को मतगणना सकिएको छ। 

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६५८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन्। 

Prabhu Bank

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ४३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३०८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। सो क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता थिए।

यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:५४
Weather Update