News Griha :: न्यूजगृह
भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु 

भक्तपुर— सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नंको कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नंको स्कुटर एकआपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ।

Prabhu Bank

दुर्घटनामा मृत्यु हुनेमा  स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौं माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङ रहेका छन्।

घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय  राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको र कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौं कलंकी बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको कार्कीले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १४:०१
Weather Update