घोगा लाग्ने बेलामा खडेरीले सुक्न थाल्यो मकै सोमबार, वैशाख २४, २०८१

चोरले एक तोला सुन निलेपछि... सोमबार, वैशाख २४, २०८१ पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ।चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्। उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बढ्यो नेपालीको औसत आयु आइतबार, वैशाख २३, २०८१ राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।

स्याङ्जामा डढेलोले २ हजार हेक्टर वन क्षेत्रमा क्षति आइतबार, वैशाख २३, २०८१ डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ। जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए।

बाँकेमा ९ महिनामा १ सय १२ नवजात शिशुको मृत्यु आइतबार, वैशाख २३, २०८१ तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए। मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज...

खडेरीले पानीको मूल सुकेपछि वैकल्पिक स्रोतको खोजीमा स्थानीय आइतबार, वैशाख २३, २०८१ लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित आइतबार, वैशाख २३, २०८१ धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ। धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट आइतबार, वैशाख २३, २०८१ स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन्।

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते आइतबार, वैशाख २३, २०८१ डडेल्धुरामा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सर्लाहीमा आगलागीबाट करोडौँको क्षति शुक्रबार, वैशाख २१, २०८१ सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ। जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीबार भीषण आगालागी भएको थियो।

काठमाडौं महानरको श्रम बैंकबाट ४ सयभन्दा बढीलाई रोजगारी शुक्रबार, वैशाख २१, २०८१ काठमाडौ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन्। थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।

पाकिस्तानमा बस दुर्घटनाः २० को मृत्यु, २१ घाइते शुक्रबार, वैशाख २१, २०८१ पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो।

अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा शुक्रबार, वैशाख २१, २०८१ अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ। दिउँसो गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा सञ्चालित ९ वटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने÷गराउने निर्णय गरेको हो।