News Griha :: न्यूजगृह
बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

कैलाली— धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ। 

धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ। 

चालु आर्थिक वर्षमा प्रतिपुल ४० लाख विनियोजन गरिएको छ। चप्टे नदीमा पुल निर्माण गर्न दुई करोड ९७ लाख, मटेलीमा तीन करोड २६ लाख र चौकीगडा पुलका लागि चार करोड ७० लाखमा  निर्माण कम्पनीसँग सम्झौता भएको थियो।  

यसैगरी, कालाखोल– लामगाडा पुल चार करोड पाँच लाख, नकुराडी खोलाको पुल तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः रु पाँच करोड १९ लाख र चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी उनले दिए। 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:२०
Weather Update