तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी बिहीबार, वैशाख २७, २०८१

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन बुधबार, वैशाख २६, २०८१ मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ। भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२...

चालक दलका सदस्य बिरामी भएपछि एअर इन्डियाका ७० उडान रद्द बुधबार, वैशाख २६, २०८१ बुधबार एअर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द भएका छन्। एअर इण्डियाका वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द भएका हुन्।एअर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ। लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका...

५ वर्ष अघि नै सम्पन्न हुनुपर्ने मुस्ताङको चराङ–छोसेर सडक आयोजना अलपत्र बुधबार, वैशाख २६, २०८१ राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ। पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ।

झापामा ८ सय ८५ इजाजत प्राप्त हतियार बुधबार, वैशाख २६, २०८१ मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन। व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाका सर्वसाधारणले ठूलो संख्यामा निजी हातहतियार राखेको पाइएको छ।प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताए। उनका अनुसार भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार नागरिकसँग रहेको...

मुग्लिन–पोखरा सडक विस्तारः १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन बुधबार, वैशाख २६, २०८१ मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ। पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन् भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन्।तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन् भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल...

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु बुधबार, वैशाख २६, २०८१ पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु बुधबार, वैशाख २६, २०८१ आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले ६ र चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका छन्।

बागमती प्रदेशले वैशाख २८ गतेदेखि युवा सम्मेलन गर्दै मंगलबार, वैशाख २५, २०८१ बागमती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनको तयारी अन्तिम चरणमा रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाँई जानकारी दिए।

वर्षाले डढेलो निभाउने आशा मंगलबार, वैशाख २५, २०८१ लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको वन डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ। सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनसक्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन्।

शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने मंगलबार, वैशाख २५, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा पार्ने प्रभावलाई समेत ख्याल गर्ने भएको छ।मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकले आगामी दिनमा मन्त्रालय र मन्त्रालयसम्बद्ध निकायले प्रगति विवरण पेश गर्दा खर्च विवरणका साथै प्राप्त नतिजा, प्रमुख सिकाइ र सान्दर्भिक कार्यक्रमका उपरी लागतसमेत...

अफगानिस्तानमा बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु सोमबार, वैशाख २४, २०८१ अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको छ।विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको हो।

पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो सोमबार, वैशाख २४, २०८१ पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीस्थित ठूलो भिरमा खोलिएको नयाँ ट्रयाकको शनिबार काम सकिएसँगै ट्रयाक खुलेको हो। ट्रयाक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको स्थान सेतीवेणीसम्म...