News Griha :: न्यूजगृह
पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु
पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो। 
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन सय ५० क्युसेक पानी दिने भनिए पनि हालसम्म कार्यान्वयन भएको छैन। सन् १९९६ को एकीकृत महाकाली सन्धिमा कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको हो।
सडक विस्तार गर्न बागलुङ–बेनी खण्ड बन्द
सडक विस्तार गर्न बागलुङ–बेनी खण्ड बन्द कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ।
बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि
बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि बागमती प्रदेशस्तरीय युवा सम्मेलन शुक्रबारदेखि हेटौँडामा सुरु हुँदैछ।  तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए।
कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको लोमान्थाङमा वैकल्पिक बाटो बन्यो
कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको लोमान्थाङमा वैकल्पिक बाटो बन्यो स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ। स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुल निर्माण नसकिएकाले कोरलानाका जानेआउने सवारीसाधनले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन्। लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने ३.५ किलोमिटर सडक स्तरोन्नतिको तयारी...
आकर्षणको केन्द्र बन्दै ‘ऐनापहरा’
आकर्षणको केन्द्र बन्दै ‘ऐनापहरा’ तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ।
लाहोर एअरपोर्टमा आगलागी
लाहोर एअरपोर्टमा आगलागी पाकिस्तानको लाहोर विमानस्थलको लाउन्ज क्षेत्रमा आगलागी हुँदा हज यात्रासहित धेरै अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध छ। आपतकालिन उद्दारकर्ताहरुको सहयोगमा मानिसहरूको द्रुत उद्दारले मानवीय क्षति नभएको जनाइएको छ। यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न कठिन भएको थियो।
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई ७ करोड राहत
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई ७ करोड राहत रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन्। वर्षौँदेखी झापामा देखिएको मानव–हात्ती द्धन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र...
यातायात कार्यालय धनगढीबाट ५१ करोड बढी राजश्व संकलन
यातायात कार्यालय धनगढीबाट ५१ करोड बढी राजश्व संकलन यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ। यातायात कार्यालयले चालु आब २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए। 
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ। नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो।
१८ वर्षपछि सडक कालोपत्र
१८ वर्षपछि सडक कालोपत्र जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो। 
त्रिविलाई संघीय संरचनाअनुसार पुनः संरचना गरिने
त्रिविलाई संघीय संरचनाअनुसार पुनः संरचना गरिने विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ।
Weather Update