वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु सोमबार, वैशाख ३१, २०८१
-1715590715.jpg)
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती सोमबार, वैशाख ३१, २०८१ निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन्।

पाहा मार्न गएका युवा खोलामा बेपत्ता सोमबार, वैशाख ३१, २०८१ ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्।

झापामा ८ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि सोमबार, वैशाख ३१, २०८१ जिल्लाका ८ लाख ४ हजार ७ सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्। गत वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो।

विषादी प्रयोगबारे सचेत बन्दै किसान सोमबार, वैशाख ३१, २०८१ रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन्।

वर्ल्डलिंकको मुद्दामा सर्वोच्चको दूरगामी फैसला, राज्यकोषको अर्बौं रकम सुरक्षित आइतबार, वैशाख ३०, २०८१ अदालतको फैसलासँगै तत्काल पौने चार अर्ब रोयल्टी र दूरसञ्चार विकास शुल्क प्राप्त हुने भए पनि दीर्घकालीन रुपमा राज्यको बीसौँ अर्ब रकम सुरक्षित भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। यदि अदालतको फैसला सेवा प्रदायकको पक्षमा भएको भए अन्य सेवा प्रदायकले भुक्तान गरिसकेको अर्बौं रकम पनि फिर्ता गर्नुपर्ने हुन्थ्यो।
-1715511078.jpg)
चिकित्सकको आन्दोलनले अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा आइतबार, वैशाख ३०, २०८१ जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। ९ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्।

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट आइतबार, वैशाख ३०, २०८१ म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ। मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो।

आलुसँग चामल साटेर गुजारा चलाउँछन् रमुवा गाउँका स्थानीय आइतबार, वैशाख ३०, २०८१ बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका– १० मा पर्ने यो गाउँका स्थानीयले आलुखेतीबाटै जीविकोपार्जन गर्दै आएका छन्। आलु र भांगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन्।

मकालु हिमाल चढेर फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु शनिबार, वैशाख २९, २०८१ सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ।आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

चतराधामको महाकुम्भ मेला सकियो, ४० लाख भक्तले गरे दर्शन शनिबार, वैशाख २९, २०८१ सुनसरी सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजाअर्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।मेला गत चैत २७ गते सुरु भएको हो।

सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु शुक्रबार, वैशाख २८, २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ।

बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित शुक्रबार, वैशाख २८, २०८१ पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुन्सेलगायत सामग्री बुन्ने गरिन्थ्यो। घरको आँगन, पिँढीमा बसेर बाँसका विभिन्न सामग्री घरायसी प्रयोजनका लागि तयार पारिन्थ्यो। केहीले व्यापारिक प्रयोजनका लागि त केहीले घरको उपयोगको लागि मात्र बुन्ने गर्दथे।