News Griha :: न्यूजगृह
चतराधामको महाकुम्भ मेला सकियो, ४० लाख भक्तले गरे दर्शन

सुनसरी— सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजाअर्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।

मेला गत चैत २७ गते सुरु भएको हो। 

मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न सङ्घीय सरकारले ७० लाख र  प्रदेश सरकारले ५५ लाख रुपैयाँ प्रदान गरेको थियो।

मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालदेखि पूर्ण महाकुम्भ मेला आयोजना हुँदै आएको छ।

चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०८:४१
Weather Update