आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानलाई विश्व बैंकले दियो ८४ मिलियन डलर बिहीबार, वैशाख २०, २०८१
चितवन र सर्लाहीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु बिहीबार, वैशाख २०, २०८१ पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो।
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट खुल्यो बिहीबार, वैशाख २०, २०८१ बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै बुधबार, वैशाख १९, २०८१ मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका छन्।
चीनमा राजमार्ग भासियो, कम्तीमा १९ जनाको मृत्यु बुधबार, वैशाख १९, २०८१ दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए।
आर्थिक मन्दीले घर बन्न छाडेपछि वैकल्पिक पेसामा तनहुँका श्रमिकहरु बुधबार, वैशाख १९, २०८१ व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ लगाउने (पेन्टिङ) थियो। विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उनी अहिले तरकारी व्यापारमा लागेका छन्।
जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा २ घर जल्यो बुधबार, वैशाख १९, २०८१ चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ। जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो। मंगलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी...
नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत मात्र काम पूरा बुधबार, वैशाख १९, २०८१ विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ। ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ।
रसुवामा सम्बन्धविच्छेद घटना बढे, वैदेशिक रोजगारीमा जानेबाट धेरै बुधबार, वैशाख १९, २०८१ गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेको पाइएको छ। गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको ९ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन्।
कागबेनीमा विद्यार्थी बोकेको बस दुर्घटना मंगलबार, वैशाख १८, २०८१ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको बागमती प्रदेश–३–०१–००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा मंगलबार बिहान करिब ९ बजे कागबेनीमा दुर्घटना भएको थियो।
कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु मंगलबार, वैशाख १८, २०८१ उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सेनाको मृत्यु भएको छ।
भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु मंगलबार, वैशाख १८, २०८१ सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नंको कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नंको स्कुटर एकआपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ।
मनाङमा लोपोन्मुख लुलुगाई मारेको आरोपमा तीन जना पक्राउ मंगलबार, वैशाख १८, २०८१ मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।