News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति
सांकेतिक तस्बिर

गाईघाट— उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने ५० लाख बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत सर्ट भई आगलागी  हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो।

Prabhu Bank

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख र छोरा रमेशको घरमा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:४०
Weather Update