News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दाङमा आगलागीबाट एक वृद्धको मृत्यु

दाङ— दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला  प्रहरीले  कार्यालयले दाङले जनाएको छ।

Prabhu Bank

गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो। घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका बेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ। आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:५५
Weather Update