वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु
रामेछाप– रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ।
रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले जानकारी दिए।
रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना भएको थियो।
खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० ०७:०३