तिहार र छठपर्वमा बिकेन सयपत्री, खेतमै कुहिन लाग्यो २५ क्विन्टल फूल मंगलबार, मंसिर ५, २०८०
गाडीको ठक्करबाट छठ व्रतालुको मृत्यु, ट्राफिक प्रहरी घाइते सोमबार, मंसिर ४, २०८० पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गरेको पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
गैँडा मारेको घटना छानविन गर्न समिति गठन शनिबार, मंसिर २, २०८० मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन् ।
विपीनका बुबाआमाले परराष्ट्रमन्त्रीलाई भने— छोराको चिन्ताले दिनरात सताइरहेको छ शनिबार, मंसिर २, २०८० 'चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्यो,' मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, 'छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्यो ।'
पर्यटकीय गन्तव्य : स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले ध्यान गरेको प्रभुचेला शनिबार, मंसिर २, २०८० म्याग्दीको मालिका गाउँपालिका– ७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ ।
जाडो छल्न नेपाल आइपुगे चरा शनिबार, मंसिर २, २०८० जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।
एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा बिहीबार, कात्तिक ३०, २०८० आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ ।तीव्र रूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबर हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न...
२० वर्षदेखिको विवाद दुई दिनमै मिलापत्र, कसरी भयो सम्भव? बिहीबार, कात्तिक ३०, २०८० दुई दशकदेखिको जग्गा अंश सम्बन्धी विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी छन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनमै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो ।
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु बिहीबार, कात्तिक ३०, २०८० कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
पूर्वाधारको पर्खाइमा म्याग्दीको मालिका धुरी बिहीबार, कात्तिक ३०, २०८० प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा...
दुर्घटनामा दुईजनाको मृत्यु बिहीबार, कात्तिक ३०, २०८० सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार बुधबार, कात्तिक २९, २०८० बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दु धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।
जनकपुरधाममा छठको तयारी बुधबार, कात्तिक २९, २०८० दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको छ ।