News Griha :: न्यूजगृह
आजदेखि बडादसैँ सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि बडादसैँ सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 
प्रसारण लाइन निर्माणमा सर्लाहीका स्थानीयको अवरोध
प्रसारण लाइन निर्माणमा सर्लाहीका स्थानीयको अवरोध सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा पाउनुपर्ने, उक्त जग्गालाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायत माग राखी यही असोज १९ गतेदेखि स्थानीयले...
थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै
थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै नवलपुर र चितवनका थारू समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउदैछन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँछन् ।
पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति
पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै स्थानीयले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ को ठिनीको थकाली...
सोह्रश्राद्ध आज समापन गरिँदै
सोह्रश्राद्ध आज समापन गरिँदै आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी...
एक्सले हमाससँग सम्बन्धित खाता हटायो
एक्सले हमाससँग सम्बन्धित खाता हटायो युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयु अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए ।
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरूप पाँच लाख दिने
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरूप पाँच लाख दिने मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख राहतस्वरूप  दिने भएको छ ।
समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ जिल्लामा सन्देश सभा गर्दै
समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ जिल्लामा सन्देश सभा गर्दै समाजवादी मोर्चामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देश सभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ । 
तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता
तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगुको सोरु गाउँपालिका–५ नेरगाउँका हुन् । 
गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो
गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको  हो । टीकापुर गौशालाका सचिव द्वारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर...
वर्षाले धानबालीमा क्षति, किसान चिन्तामा
वर्षाले धानबालीमा क्षति, किसान चिन्तामा धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए । 'अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन,' उनले भने, 'अझै केही दिन पानी पर्ने हो भने यहाँ  समस्या हुन्छ ।' उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको...
प्रधानसेनापति शर्मा बेलायत जाने
प्रधानसेनापति शर्मा बेलायत जाने प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् ।बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ ।
Weather Update