कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु
महेन्द्रनगर— कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जंगली हात्तीको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।
‘राति १२ बजेपछि जंगली हात्ती आएर सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने,‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलन गर्ने काम भइरहेको छ ।’
उनले जंगली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए ।
‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।’
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ०८:५४