‘रामायण’मा अधिकारलाई लिएर विवादशुक्रबार, वैशाख २८, २०८१
‘मिस पिंक २०२४’ को फाइनल जेठ ३ गते हुने शुक्रबार, वैशाख २८, २०८१ ‘मिस पिंक २०२४’ को फाइनल आगामी जेठ ३ गते बिहीबार काठमाडौंमा हुने भएको छ।‘ट्रान्स वुमन’हरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको छ।
‘हीरामण्डी’की मनीषाः एक सटका लागि सात घण्टा सेटमा बिहीबार, वैशाख २७, २०८१ निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ।यो एक पिरियड ड्रामा सिरिजमा कैयौं कलाकारको अभिनय छ। नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ। सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन्। उनले हालै आफ्नो अनुभव सेयर गरेकी छन्।
‘पुजार सार्की’: अन्तरजातीय प्रेम र विद्रोह मंगलबार, वैशाख २५, २०८१ आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
अनमोल र जसिताको 'अन्तिम माया' [भिडिओसहित] शुक्रबार, वैशाख २१, २०८१ फर्की फर्कीको पछिल्लो सार्वजनिक गीत अन्तिम मायालाई नरेन लिम्बूले नै लेख्नुका साथै कम्पोज गरेका हुन्। ट्रेलर र गीतहरुमार्फत दर्शकमाझ हाइप बनाएको फिल्म फर्की फर्की आगामी जेठ १० गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ।
रजनीकान्तको ‘बायोपिक’ बनाउँदै साजिद बिहीबार, वैशाख २०, २०८१ दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बायोपिक बन्ने भएको छ। बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन्।
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै बुधबार, वैशाख १९, २०८१ मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका छन्।
‘पुजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक [भिडिओसहित] मंगलबार, वैशाख १८, २०८१ जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन्। आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मले वितरण गर्दैछ।
‘ह्याप्पी पटेल’ मार्फत कमब्याक गर्दै इमरान मंगलबार, वैशाख १८, २०८१ फिल्म ‘जाने तु या जाने ना’ बाट बलिउडमा पाइला चालेका अभिनेता आमिर खानका भान्जा इमरान खान ९ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन्।
यस्तो छ अनमोल र जसिता स्टारर ‘फर्की फर्की’ को टाइटल गीत [भिडिओसहित] शनिबार, वैशाख १५, २०८१ प्रेमिल गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर सुन्न सकिन्छ। गीतमा रोमनकै शब्द र सङ्गीतमा रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन्। भिडिओमा अनमोल र जसिताको अनस्क्रिन रोमान्स देख्न सकिन्छ।
मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक, शनिबारदेखि बजारमा उपलब्ध हुने शुक्रबार, वैशाख १४, २०८१ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन्।मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्।
चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा शुक्रबार, वैशाख १४, २०८१ आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ। अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनै रहेकी छिन्। चलचित्र क्षेत्रमा स्थापित नाम बनिसकेकी भएतापनि उनी उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बसेकी थिइन्।
‘ज्वाइँ साब’को छायांकन वैशाख अन्तिम साता शुक्रबार, वैशाख १४, २०८१ रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम चलिरहेको छ।निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो।