News Griha :: न्यूजगृह
‘पुजार सार्की’ मा पलको नयाँ लुक्स सार्वजनिक
‘पुजार सार्की’ मा पलको नयाँ लुक्स सार्वजनिक यही बिहीबार अर्थात् बुद्ध जयन्तीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा पलका साथै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन्। दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुभास भुसालले निर्माण गरेका हुन्। सोमबारबाट फिल्मको मल्टिप्लेक्समा बुकिङ खुलिसकेको छ।
असार ७ गतेबाट ‘शिरफूल’ प्रदर्शनमा आउने
असार ७ गतेबाट ‘शिरफूल’ प्रदर्शनमा आउने निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई ‘शीरको फूल’को रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको छ।
चित्तबुझ्दो पारिश्रमिक नपाएपछि बलिउड अभिनेता अनिल कपूरले छोडे ‘हाउसफुल ५’ 
चित्तबुझ्दो पारिश्रमिक नपाएपछि बलिउड अभिनेता अनिल कपूरले छोडे ‘हाउसफुल ५’  बलिउड फिल्म ‘हाउसफुल’ फ्रेञ्चाइजीको पाँचौं हिस्सा ‘हाउसफुल ५’ को सुटिङ तीब्र रुपमा भइरहेको छ। फिल्म सुटिङको तयारी भइरहँदा फिल्मका कलाकारमा बदलाव पनि भइरहेको छ।
लगातार फिल्म फ्लप भएपछि सङ्कटमा बलिउड अभिनेता टाइगर, पारिश्रमिकमा ७० प्रतिशत कटौती गर्न सुझाव
लगातार फिल्म फ्लप भएपछि सङ्कटमा बलिउड अभिनेता टाइगर, पारिश्रमिकमा ७० प्रतिशत कटौती गर्न सुझाव कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्वकाङ्क्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए । आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको सबैभन्दा युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए ।
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो। अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ।
‘गाउँ आएको बाटो’ को चिठ्ठी प्रतियोगिताः विजेतालाई मोबाइल  
‘गाउँ आएको बाटो’ को चिठ्ठी प्रतियोगिताः विजेतालाई मोबाइल   निर्देशक नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’को आयोजना गरेको छ। 
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ। कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको यो फिल्म मङ्गलबारबाट सिनेमाघर एपमा रिलिज भएको हो। विश्वभरका दर्शकले एपमार्फत यो फिल्म हेर्न सक्नेछन्।
एप्पलले लियो ‘तेन्जिङ’ फिल्म निर्माणको अधिकार
एप्पलले लियो ‘तेन्जिङ’ फिल्म निर्माणको अधिकार सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्ने भएका छन्। एप्पल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ।
हलिउड र बलिउडका निर्देशकहरुलाई नेपालमा आकर्षित गरिने
हलिउड र बलिउडका निर्देशकहरुलाई नेपालमा आकर्षित गरिने सरकारले चलचित्र पर्यटनलाई बढवा दिने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षमा पर्यटकलाई नेपालमा आकर्षित गरिने बताए। साथै चलचित्र पर्यटनको विकासका लागि हलिउड र बलिउडका चलचित्र निर्देशकहरुलाई नेपालमा चलचित्र निर्माणका लागि आकर्षित गरिने बताए।
अनमोल केसी भन्छन्– ‘फर्की फर्की’ कपी गरेको पाइए मेरो अर्को फिल्म नहेर्नु 
अनमोल केसी भन्छन्– ‘फर्की फर्की’ कपी गरेको पाइए मेरो अर्को फिल्म नहेर्नु  अभिनेता अनमोल केसीले प्रदर्शनको तयारीमा रहेको आफ्नो फिल्म ‘फर्की फर्की’ हलिउड फिल्मबाट कपी गरिएको भन्ने विषयको खण्डन गरेका छन्। 
'बिग बोस'बाट बिदा भए सलमान खान
'बिग बोस'बाट बिदा भए सलमान खान भारतमा ओटीटीमा प्रसारण हुने रियालिटी शो ‘बिग बोस’को छुट्टै क्रेज छ। यो शोलाई हेर्न दर्शकहरू निकै चासो दिन्छन्।अब यो सिजनलाई अभिनेता सलमान खानले होस्ट नगर्ने भएका छन्। ‘बिग बोस–३’का लागि निर्माताले तीन अभिनेतालाई होस्टको प्रस्ताव गरेका छन्।
नेपाली चलचित्र ‘रावायण’का गीतमा भारतीय गायक गायिकाको स्वर
नेपाली चलचित्र ‘रावायण’का गीतमा भारतीय गायक गायिकाको स्वर छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीत भारतमा रेकर्ड गरिएको छ। फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो।शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ। नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी...
Weather Update