News Griha :: न्यूजगृह
शाहरुख खान अस्पताल भर्ना 
तस्बिरः टाइम्स नाउ न्यूज

काठमाडौं—बलिउडका अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन्। 

खानलाई हिटस्ट्रोक र डिहाइड्रेशनका कारण अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।

मंगलबार राति उनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको केडी अस्पताल लगिएको थियो, जहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो।

बुधबार नै उनी अस्पतालबाट डिस्चार्ज भएको खबर आएपनि अहिले पनि खान अस्पतालमा उपचाररत रहेको र अहिलेसम्म डिस्चार्ज नभएको अस्पतालले जनाएको छ।

उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सहभागी हुन अहमदाबाद आएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:२६
Weather Update