News Griha :: न्यूजगृह
‘पुजार सार्की’ मा पलको नयाँ लुक्स सार्वजनिक

काठमाडौं— फिल्म ‘पुजार सार्की’ मा अभिनेता पल शाहको नयाँ लुक्स सार्वaजनिक गरिएको छ। फिल्ममा उनको जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको भूमिका निभाएका छन्। यसअघि सार्वजनिक बन्दुक बोकेको लुक्समा देखिएका पलको नयाँ लुक्समा फुलेको दाह्रीसहितको गेटअपमा देखिएका छन्। 

पलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा उनको कपाल र दाह्री सेतै फुलेको छ। आँखामा चश्मा छ। शिरमा ढाका टोपी र इस्टकोट लगाएका उनलाई प्रहरीहरूले समातेका छन्। टिजर र ट्रेलरमा जवान देखिएका उनलाई वृद्ध अवस्थामा पनि फिल्ममा देख्न सकिने यी तस्बिरहरुबाट बुझ्न सकिन्छ।

पलले प्रहरीसँग मुठभेडको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो करिअरमा महत्त्वपूर्ण फिल्म ‘पुजार सार्की’ सावित हुनेमा ढुक्क छु। आज मैले फिल्ममा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यसबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई लिएर देखाउनुभएको प्रेम अतुलनीय छ।’

यही बिहीबार अर्थात् बुद्ध जयन्तीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा पलका साथै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन्। दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुभास भुसालले निर्माण गरेका हुन्। सोमबारबाट फिल्मको मल्टिप्लेक्समा बुकिङ खुलिसकेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:४७
Weather Update